३० भदाै, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले मध्यराती पेस्तोल भिराएर सम्पती शुद्धीकरण विभागका महानिर्देशकलाई रेडकर्नर नोटिस जारी गराउन लगाइएको विषयमा सरकारसँग जवाफ माग गरेको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसद चन्द्रमोहन यादवले यस घटनाबारे सरकारसँग जवाफ माग गरेका हुन् । यसअघि सत्तारुढ दल रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद अमरेशकुमार सिंहले सरकारले राति १ बजे पेस्तोल भिराएर रेडकर्नर नोटिस जारी गर्न लगाउने जस्ता कार्य गरेको भन्दै सरकारको आलोचना गरेका थिए । गत बिहीवारको सभाको बैठकमा सांसद सिहले भनेका थिए, ‘म यहाँ धेरै घटना उल्लेख गर्न चाहन्नँ कि सम्पती शुद्धीकरणको डीजीलाई बोलाएर कसैको कन्चटमा राति १ बजे पेस्तोल भिराइन्छ र भनिन्छ कि यसलाई २ घण्टाभित्र रेड कर्नर नोटिस जारी गर ।’
सांसद यादवले सरकार र सत्तारुढ दलका सांसदहरुको अभिव्यक्ति लोकतान्त्रिक मूल्यमान्यताविपरित रहेको भन्दै आलोचना समेत गरेका छन् । उनले सांसदहरुले प्रश्न गर्दा मन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गरेको विषयमा पनि आपत्ति जनाए ।उनले भने,‘म सत्तारुढ दलका माननीयज्यूहरुले सार्वजनिक रुपमा दिएको वक्तव्यबारे ध्यानाकर्षण गराउन चाहन्छु । कतै कन्चटमै पेस्तोल राखेर थर्काएको कुरा आएको छ । कतै प्रश्न गर्दा धम्की आएको कुरा पनि सुन्नमा आएको छ । यो अत्यन्तै अलोकतान्त्रिक कुरा हो । यसमा सरकारको के जवाफ छ ? हामी सुन्न चाहन्छौँ । लोकतन्त्रको मूल्य नै भयरहित समाजको निर्माण भएको हुनाले यो विषय अत्यन्त गम्भीर छ ।’
उनले लोकतन्त्रको मूल्य भयरहित समाजको निर्माण भएको भएको भन्दै यस सम्बन्धमा सरकारले जवाफ दिनुपर्ने बताए । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar