३० भदाै, काठमाडाैं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका शिक्षक द्वारिकाप्रसाद दंगालकी श्रीमतीलाई उनको रिक्त शिक्षक पदमा नियुक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले सरकारसँग माग गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीको हरिपुर-७, चिताइनस्थित श्री लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक दंगाल भोटेकोशी बाढीपछि बेपत्ता रहेको र अहिलेसम्म जीवित रहेको कुनै जानकारी प्राप्त नभएको बताएका हुन्। दंगाल परिवारको मुख्य आम्दानीको आधार रहेको उल्लेख गर्दै उनले उहाँ बेपत्ता भएपछि परिवारको आर्थिक अवस्था कमजोर बनेको बताए । दंगालकी श्रीमती मन्दिरा अधिकारी दंगाल स्थानीय निजी विद्यालयमा अध्यापनरत रहेको भन्दै आवश्यक प्रक्रिया पूरा गरेर उनलाई श्रीमानको रिक्त शिक्षक पदमा नियुक्त गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । उनले दंगालजस्तै भोटेकोशी बाढीको विपत्तिमा धेरै पेशाकर्मी बेपत्ता भएको उल्लेख गर्दै उनीहरूका परिवारलाई सरकारले विशेष रूपमा सम्बोधन गर्नुपर्ने बताए ।
बेपत्ता तथा मृतकका परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न सकिने भन्दै सांसद भण्डारीले दंगाल परिवारबाटै यसको शुरुवात गर्न सरकारसँग आग्रह गरेका छन् । उनले भने,‘रसुवा भोटेकोशी बाढीमा सर्लाहीको हरिपुर–७, चिताइनस्थित श्री लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक द्वारिकाप्रसाद दंगाल बेपत्ता हुनुभएको छ । उहाँको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन । उहाँ परिवारको मुख्य आयस्रोत हुनुहुन्थ्यो । उहाँ बेपत्ता भएपछि परिवारको आर्थिक अवस्था अत्यन्त कठिन बनेको छ । उहाँकी श्रीमती मन्दिरा अधिकारी दंगाल स्थानीय निजी विद्यालयमा अध्यापन गराउँदै आउनुभएको छ । मेरो सरकारसमक्ष अनुरोध छ । द्वारिकाप्रसाद दंगाल बेपत्ता भएपछि रिक्त भएको शिक्षक पदमा प्रचलित कानून र आवश्यक प्रक्रिया पूरा गरी उहाँकी श्रीमतीलाई नियुक्त गर्ने विशेष व्यवस्था गरियोस् । यसले विपत्तिमा परेका परिवारप्रति राज्यको साथ र संवेदनशीलता देखाउनेछ । द्वारिकाप्रसाद दंगालजस्तै भोटेकोशीको विपत्तिमा धेरै पेशाकर्मी बेपत्ता हुनुभएको छ । उहाँहरू फर्केर आउने सम्भावना न्युन हुँदै गएको अवस्थामा बेपत्ता तथा मृतकका परिवारलाई राज्यले विशेष संरक्षण र सहयोग दिन आवश्यक छ । त्यसैले, दंगाल परिवारबाट शुरुवात गर्दै विपत्तिमा आफ्ना परिवारका सदस्य गुमाएका परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर तथा सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने विशेष व्यवस्था गर्न म सरकारसमक्ष हार्दिक आग्रह गर्दछु । यो सम्भव छ र यसले विपत्तिमा परेका परिवारलाई राज्य उनीहरूको साथमा छ भन्ने भरोसा दिलाउनेछ ।’विपत्तिमा परिवारका सदस्य गुमाएका परिवारलाई राज्यको संरक्षणको अनुभूति गराउन रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी विशेष व्यवस्था आवश्यक रहेको उनको भनाइ छ । – न्युज एजेन्सी नेपाल ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar