३० भदाै, काठमाडाैं । नेपाली काँग्रेसका सचेतक निश्कल राईले चिया मजदुरका लागि सरकारले तोकेको ज्याला, सेवा सुविधा तथा सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले चिया मजदुरका हकहितका लागि सरकारले निर्धारण गरेका मापदण्ड कार्यान्वयनमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराए । उनले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालको पहिलो नवग्राम मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको बताए । उनले नवग्राम मन्दिरको संरक्षण, पूर्वाधार विकास र प्रवद्र्धनका लागि आवश्यक बजेट विनियोजन गर्न पनि सरकारको ध्यानाकर्षण गराए । उनले भने,‘चिया मजदुरहरुको सरकारको मापदण्डअनुरुप ज्याला, सेवा, सामाजिक सुरक्षा कोषमा आवद्धताको विषयलाई कडाईका साथ कार्यान्वयन होस् भनेर अनुरोध गर्न चाहान्छु । अर्को, स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिकामा पहिलो नवग्राम मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको छ । नेपालको पहिलो नवग्राम मन्दिरको संरक्षण, पूर्वाधार विकास, प्रवद्र्धन तथा धार्मिक पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई थप मजबुत बनाउन आवश्यक बजेट र थप प्रचारप्रसार आवश्यक रहेकोले यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
धार्मिक पर्यटनको प्रवद्र्धनमार्फत स्थानीय अर्थतन्त्रलाई थप मजबुत बनाउन मन्दिरको प्रचारप्रसारमा समेत सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar