|  

फलाँखुमा बेलिब्रिज बनेपछि नुवाकोट-रसुवा दूरी घट्ने

३० भदाै, काठमाडाैं । नुवाकोट र रसुवाबीच सडक सम्पर्क थप सहज बनाउन फलाँखुमा ७५ मिटर लामो बेलिब्रिज निर्माण हुने भएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका-२ तल्लो कुवापानी बिमिरे खोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका-५ बहाखोलासम्म पुग्ने गरी फलाँखुमा बेलिब्रिज जडान गरिनेछ। स्थानीय तहका जनप्रतिनिधिको अनुरोधपछि सरकारले आवश्यक निर्देशन र सहजीकरण अघि बढाएको मन्त्री लम्सालले बताएका छन्।

बेलिब्रिज निर्माण सम्पन्न भएपछि यो नुवाकोटबाट रसुवा पुग्ने सबैभन्दा छोटो वैकल्पिक सडकमार्ग बन्ने अपेक्षा गरिएको छ। फलाँखुबाट विदुर करिब २३ किलोमिटर र धुन्चे करिब ३५ किलोमिटर दूरीमा पर्छ।