|  

अन्तिमपटक अर्जेन्टिनाको जर्सीमा देखिँदै मेसी

३१ भदौ, काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसी राष्ट्रिय टोलीको जर्सीमा अन्तिम पटक मैदानमा देखिने भएका छन् ।

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका मेसीलाई अर्जेन्टिना फुटबल संघले आगामी ६ अक्टोबरमा हुने मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश गरेको छ।

ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा अर्जेन्टिनाले बेनिनसँग मैत्रीपूर्ण खेल खेल्नेछ। उक्त खेललाई मेसीको राष्ट्रिय टोलीसँगको औपचारिक विदाइ खेलका रूपमा खेलाइने जनाइएको छ।