|  

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? 

३१ भदौ, काठमाडौं ।  साताको कारोबारको चौथो दिन आज ( बुधबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार ७ सय रुपैयाँले बढेको हो।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यता आज चाँदी ८५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।