|  

पहिलाको छानबिन नसकिँदै सर्वोच्चको निर्माणाधीन नयाँ भवनमा पुनः आगलागी

३१ भदाै, काठमाडाैं ।  सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा पुनः आगलागी भएको छ। आगलागीबाट भवनभित्र रहेका कम्तीमा तीन वटा फाँटमा क्षति पुगेको छ।

आगलागीको सूचना पाएलगत्तै प्रहरी र दमकलको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो।

छोटो समयमै सोही भवनमा आगलागी भएको यो दोस्रो घटना हो। यसअघि भदौ १७ गते राति भवनको अभिलेख शाखामा आगलागी भएको थियो। उक्त घटनाको छानबिन नसकिँदै पुनः आगलागी भएपछि भवनको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।