|  

प्रधानमन्त्री बालेन र नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत बोल्डिनबीच भेटवार्ता

३१ भदाै, काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेकी छन्।

भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन अवस्थामा अमेरिकी सरकारबाट प्राप्त ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे । उनले जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए ।

प्रधानमन्त्री शाहले नेपालको पर्यटन क्षेत्रमा अमेरिकी लगानीलाई स्वागत गर्ने धारणा राखेका थिए।भेटमा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरिन्। उनले राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकी सरकार सहयोग गर्न तयार रहेको बताइन्।