३१ भदाै,काठमाडाैं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा रहेका होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्ने भएको छ ।
बुधवार बसेको समितिको बैठकले नुवाकोट, धादिङ र काठमाडौंमा रहेका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको हो । समिति सभापति ओजश्वी शेरचनले पहिलो चरणमा असोज ३ र ४ गते अनुगमन गर्ने जानकारी दिए । संसदीय परम्परा, अनुगमनको संवेदनशीलता र मितव्ययितालाई ध्यानमा राख्दै तीन जिल्लाका लागि छुट्टाछुट्टै संसदीय टोली गठन गरिएको छ । नुवाकोटका होल्डिङ सेन्टर अनुगमनका लागि सभापति शेरचनसहित अच्युतम लामिछाने, भीमकुमारी बुढामगर, राजन गौतम, राधिका रम्तेल र रिङ्गला यादव सदस्य रहनेछन् ।
त्यस्तै, धादिङका होल्डिङ सेन्टर अनुगमनका लागि सीता थपलिया, कुसुम महर्जन र झविलाल डुम्रे सदस्य रहनेछन् । काठमाडौंमा रहेका होल्डिङ सेन्टरको अनुगमनका लागि भने समिति परामर्श तथा समन्वय उपसमितिको परामर्शमा सभापतिले उपयुक्त मिति र सहभागी सदस्यको संख्या निर्धारण गर्ने निर्णय भएको छ । उनले भने,‘समितिबाट होल्डिङ सेन्टरको अनुगमन २०८० असोज ३ र ४ गते हुने व्यहोरा जानकारी गराउँदछु । अनुगमनको क्रममा पहिलो चरणमा नुवाकोट, धादिङ र काठमाडौँमा रहेका होल्डिङ सेन्टरहरुको अनुगमन गर्ने । संसदीय परम्परा, अनुगमन गरिने विषयको संवेदनशीलता तथा अनुगमनका लागि समितिलाई प्राप्त निर्देशन तथा मितव्ययिता समेतलाई महसुस गरी थोरै भन्दा थोरै सदस्य समावेश हुने गरी धादिङको लागि एउटा, नुवाकोटको लागि एउटा गरी काठमाडौँका होल्डिङ सेन्टरको लागि अलगै संसदीय अनुगमन टोली रहनेछ ।’
समितिले अनुगमनको दोस्रो चरणसमेत सञ्चालन गर्ने जनाएको छ । दोस्रो चरणको अनुगमन सदन नचलेको समयमा असोज ८ देखि १२ गतेसम्म गर्ने प्रश्ताव गरिएको छ । समितिले आगामी दिनमा अन्य जिल्लामा समेत विभिन्न विषयमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ । हालको अनुगमनमा सहभागी नभएका सदस्यलाई आगामी अनुगमनमा प्राथमिकता दिने र सम्भव भएसम्म कुनै सदस्यलाई दोहो¥याएर एउटै अनुगमन टोलीमा नराख्ने नीति समितिले लिएको सभापति शेरचनले जानकारी दिए । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar