३२ भदाै, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री बालेन शाह प्रभावित क्षेत्रको अवस्थाप्रति संवेदनशील भएर काम गरिरहेको दाबी गरेका छन्।
बुधबार आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री शाहले बैठकलाई बेवास्ता गरेको भन्ने आरोप अस्वीकार गरेका छन् । उनका अनुसार प्रधानमन्त्री निरन्तर सम्बन्धित पक्षसँग संवादमा रहेका छन् र बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि तथा प्रभावित नागरिकसँग प्रत्यक्ष सम्पर्कमा छन्। ‘यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीले बैठकको बेवास्ता गर्नुभएको हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले प्रधानमन्त्री बैठकप्रति उदासीन नरहेको बताए।
उनले प्रधानमन्त्रीले स्थानीय तहका जनप्रतिनिधिसँग समेत नियमित छलफल गरिरहेको उल्लेख गरे। विशेषगरी वडा अध्यक्ष र पालिकाका जनप्रतिनिधिसँग लामो समयसम्म फोनमार्फत कुराकानी गर्दै अवस्थाबारे जानकारी लिइरहेको उनको दाबी थियो। लामिछानेले विपद्को समयमा सरकार र पार्टीको भूमिकालाई छुट्टाछुट्टै ढंगले अघि बढाइएको पनि बताए। उनका अनुसार पार्टीले आफ्नो जिम्मेवारी निर्वाह गर्ने र सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्ने भएकाले एउटै काममा दोहोरो हस्तक्षेप आवश्यक छैन।प्रधानमन्त्रीको भूमिकामाथि उठिरहेका प्रश्नलाई लिएर लामिछानेले यस्ता प्रश्न पटक-पटक उठाइरहनु आवश्यक नभएको धारणा राखे। उनले प्रधानमन्त्री प्रभावित क्षेत्रको अवस्थाबारे निरन्तर जानकारी लिँदै सम्बन्धित जनप्रतिनिधिसँग समन्वय गरिरहेको दाबी दोहोर्याए।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar