३२ भदाै, काठमाडौं । प्राकृतिक विपद्पछिको उद्धार, राहत, पुनःस्थापना तथा दीर्घकालीन विपद् व्यवस्थापनका लागि दुई छुट्टाछुट्टै सर्वदलीय संयन्त्र गठन हुने भएको छ।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले संसद् बाहिर रहेका दलसमेत सहभागी हुने उच्चस्तरीय राजनीतिक संयन्त्र र संसद्भित्रका दलहरूको प्रतिनिधित्व रहने संसदीय समिति गठन गर्ने निर्णय गरेको हो। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व रास्वपा सभापति रवि लामिछानेले गर्नेछन्। संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत पार्टी र जसपा नेपाल सहभागी हुनेछन्। राष्ट्रिय जनमोर्चालाई पनि समेट्न आग्रह गरिने भएको छ।
त्यस्तै, एक साताभित्र संसद्भित्र संसदीय समिति गठन गर्ने तयारी गरिएको छ। समितिमा संसद्मा रहेका दलहरूको सिट संख्याका आधारमा प्रतिनिधित्व रहनेछ। समिति गठनका लागि सभामुखसमक्ष औपचारिक आग्रह गर्ने निर्णयसमेत बैठकले गरेको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि लामिछानेले उद्धार, राहत र पुनःस्थापनामा सरकारलाई सहयोग गर्न सर्वदलीय संयन्त्र गठनको प्रस्ताव अघि सारेका थिए। यसअघि पनि सर्वदलीय बैठकले दीर्घकालीन विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि संयन्त्र बनाउने सहमति गरेको थियो। नयाँ संयन्त्रले तत्कालीन संकट व्यवस्थापनसँगै विपद् जोखिम न्यूनीकरण, जलवायु अनुकूलन, पूर्वतयारी र दिगो विकासका विषयमा नीतिगत सहकार्य गर्ने बताइएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar