|  

सार्वजनिक सवारी दर्ता खुला, ईभीलाई प्राथमिकता

३२ भदाै, काठमाडौं । सरकारले १ असोजदेखि सार्वजनिक सवारीसाधनको दर्ता पुनः खुला गरेको छ।

यातायात व्यवस्था विभागले हाललाई काठमाडौं उपत्यकाबाहेकका क्षेत्रमा विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी)लाई प्राथमिकता दिँदै दर्ता खुला गरेको हो। उपत्यकामा भने स्कुल बस र सट्टाभर्ना गर्न चाहने सवारीसाधनका लागि मात्र दर्ता खुलाइएको विभागले जनाएको छ। सोहीअनुसार सबै प्रदेश सरकारलाई दर्ता प्रक्रिया अघि बढाउन जानकारी गराइएको छ। यसअघि सरकारले ७ जेठ २०८३ देखि सार्वजनिक सवारीको दर्ता रोकेको थियो। विभागले दर्ता रोक्नुको कारणबारे स्पष्ट विवरण सार्वजनिक गरेको छैन।

विभागका निर्देशक मणिराम भुसालले काठमाडौं उपत्यकाको रुट तथा सवारी व्यवस्थापनलाई ध्यानमा राखेर उपत्यकाबाहिर दर्ता खुलाइएको बताए। मालवाहक सवारीको दर्ता भने यसअघि नै १८ साउनदेखि खुला गरिएको थियो।