|  

इरान सम्झौता गर्न निकै उत्सुक छः डोनाल्ड ट्रम्प

१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् ।

उनले सम्झौता गर्न इरान निकै आतुर रहेको दोहोर्‍याएका छन् । हालैका दिनमा इरानी पक्षबाट कुनै सन्देश आएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ट्रम्पले आफूले इरानसँग प्रत्यक्ष कुराकानी गरिरहेको बताए ।

ट्रम्पले बुधबार इरानले अमेरिकासँग प्रत्यक्ष सम्पर्क गरी सम्झौता गर्न चाहेको जानकारी दिए । युद्ध कुन चरणमा पुगेको छ भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘आशा छ, हामी युद्धको अन्तिम चरणतिर छौँ ।’

अमेरिकाको नर्थ क्यारोलिनामा ओर्लिएपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘इरान सम्झौता गर्न निकै उत्सुक छ । हेरौँ, यो कसरी अघि बढ्छ ।’