|  

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै

१ असोज, काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन् ।

बुधबारको मन्त्रिपरिषद् बैठकले भ्रमण स्वीकृत गरेको हो। वाग्ले बिहीबार ६ सदस्यीय टोलीसहित नयाँ दिल्ली प्रस्थान गर्नेछन् ।

भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी हुनेछन् । भ्रमणमा विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारत आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यबारे छलफल हुनेछ।