|  

 काठमाडौंमा आजदेखि ग्यासको मूल्य पुरानै, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ

१ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि खाना पकाउने एलपी ग्यास पुरानै मूल्यमा बिक्रीवितरण हुने भएको छ ।

गत भदौ १४ गते कृष्णभीरमा पहिरो गएर राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा मूल्य बढाइएको थियो।

तर, आजदेखि कृष्णभिरमा नयाँ  ट्र्या खोली राजमार्ग सञ्चालमा ल्याइएकोले ग्यास पुरानै मूल्यमा पाइने भएको हो ।  अब उपभोक्ताले एक सिलिन्डर ग्यास २ हजार ६० रुपैयाँ मै खरिद गर्न सक्नेछन्।