|  

वीरगन्जमा भारतीय कारबाट ठूलो परिमाणमा पेस्तोल र गोली बरामद

१ असोज, काठमाडौं ।  सशस्त्र प्रहरीले वीरगन्जमा भारतीय नम्बर प्लेटको कारबाट ४ थान पेस्तोल र एसएलआरको ६ राउन्ड गोली बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका–१५ स्थित वास्तु बिहार चोकनजिक बुधबार साँझ रोकिराखेको कारबाट सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको टोलीले हतियार बरामद गरेको हो ।

बरामद हतियारमा २ थान सिक्सर पेस्तोल र २ थान कटुवा पेस्तोल रहेका छन् । हतियार तथा गोलीसहित कार नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको जनाएको छ ।

उक्त कार कस्ले र किन त्यहाँ रोकेर राखेको तथा गोलीगठ्ठा कस्ले र किन ल्याएको हो भन्ने बारेमा सशस्त्र प्रहरीले केही खुलाएको छैन।