|  

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृ#त्यु

१ असोज, काठमाडौं ।  मनास्लु हिमाल आरोहणका लागि आएका सिंगापुरका ५० वर्षीय लाउ वी सेङको मृत्यु भएको छ ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँस्थित मनास्लु हिमालको क्याम्प–२ बाट बेसक्याम्प फर्कने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

सेङ भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका थिए।