|  

साउदी अरबमा मिसाइल इन्टरसेप्टरको अभाव

१ असोज, काठमाडौं ।  यमनका हुथी विद्रोहीसँगको द्वन्द्वका बीच साउदी अरबमा मिसाइल इन्टरसेप्टरको अभाव भएको छ ।

त्यसपछि साउदीले फ्रान्स, बेलायत, पाकिस्तान र इजिप्टसँग हवाई सुरक्षा सहयोग मागेको छ ।

इरानसँग ६ महिनादेखि जारी युद्धका कारण साउदीको मुख्य सहयोगी अमेरिकासँग समेत मिसाइल इन्टरसेप्टरको भण्डार घटेको जनाइएको छ ।

साउदीले हुथीले मुसलमानको प्रमुख धार्मिकस्थल मक्कातर्फ ड्रोन हमला गरेको आरोप लगाएको छ । उक्त ड्रोनलाई इन्टरसेप्ट गरेको साउदीको दाबी छ । तर, हुथीहरूले आरोप अस्वीकार गरेका छन् ।