|  

भारतसहितका देशहरूमा १०० प्रतिशत कर लगाउने विधेयक अमेरिकी संसद्‌बाट पारित

१ असोज, काठमाडौं ।  अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजेनटेटिभ्स) ले रुसमाथि थप प्रतिबन्ध लगाउने कडा विधेयक पारित गरेको छ ।

उक्त विधेयकले रुसी तेल र ग्यास खरिद गर्ने प्रमुख राष्ट्रहरू विशेष गरी भारत र चीनमाथि १०० प्रतिशतसम्म भन्सार महसुल (ट्यारिफ) लगाउने विशेष अधिकार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरेको छ।

बुधबार भएको मतदानमा ‘लिन्डसे . ग्राहम रुस तथा इरानमाथि प्रतिबन्ध लगाउने ऐन, २०२६’नाम दिइएको विधेयकको पक्षमा २६२ र विपक्षमा १५९ मत खसेको थियो।

गत अगस्ट महिनामा माथिल्लो सदन सिनेटले ८६९११ को भारी बहुमतले पारित गरिसकेको यो विधेयक अब अन्तिम स्वीकृतिका लागि ह्वाइट हाउस पठाइएको छ। राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि यसले औपचारिक कानुनको रूप लिनेछ।