०१ असाेज,काठमाडाैं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भुमिका रहेको भनी आएको समाचारबारे सरकारसँग जवाफ माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकबमा बोल्दै उनले यस्तो माग गरेका हुन् । केही दिनअघि रास्वपाको उदयमा अमेरिकी लगानी रहेको भनेर त्यहीँको सञ्चारमाध्यम ‘द ग्रे जोन’ले एउटा रिपोर्ट सार्वजनिक गरेको थियो । सांसद पोखरेलले यस विषयमा सरकार र सत्तारुढ दलका सभापति लामिछानेले जवाफ दिनुपर्ने बताए । उनले गत वर्षको २४ भदौमा भएको आगजनीमा तालमिप्राप्त समूह तथा विभिन्न रासायनहरु प्रयोग गरिएको तथ्य समेत पुष्टि भइसकेको तर्क गरे । उनले भने,‘सभामुख महोदय, सिंहदरबारसहित सरकारी, निजी, व्यवसायिक तथा राजनीतिक दलका कार्यालयमा आगजनी गर्दा तालिमप्राप्त समूहको संलग्नता र रासायनिक सोडियम प्रयोग भएको विषय यसअघि नै न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरिसकेको छ । भदौ २३ र २४ का घटनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका विषय गम्भीर प्रकृतिका भएकाले अमेरिका अनलाइन पत्रिका द ग्रेजोनले प्रकाशित गरेका तथ्यहरु उपर कसले जवाफ दिने हो ? प्रधानमन्त्री बालेन्द्र शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरुको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरुको भूमिका रहेको दाबी द ग्रेजोनले गरेको छ । सभामुख महोदय यसको जवाफ चाहिन्छ । प्रश्नबाट कोही पनि भाग्न पाउँदैन । सरकार र नाम जोडिएकाहरुले जवाफ दिनुपर्छ ।’
उनले यस विषयमा सरकार र नाम जोडिएकाहरुले जवाफ दिनुपर्ने बताए । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar