०१ असाेज, काठमाडाैं । नेपाली काँग्रेसकी सांसद सीता थपलियाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएको सुकुम्बासी नागरिकको पुनस्र्थापनामा भएको उपलब्धी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले सरकार नागरिकका आधारभुत समस्या समाधान गर्न असफल भएको आरोप पनि लगाए । मन्त्रीहरुले खुट्टा भाँच्ने र पाता फर्काउने कुरा गर्ने तर नागरिक रित्तो ग्सासको सिलिण्डर बोकेर दिनभर लाइनमा बस्नुपरेको अवस्था रहेको भन्दै उनले सरकारको कार्यशैलीप्रति आपत्ति पनि जनाए । उनले सुकुम्बासी नागिरको घर भत्काइएपछि विभिन्न कारणले १० जनाको मृत्यु भएको दाबी गरिएको उल्लेख गर्दै सरकारले यसबारे आधिकारिक तथ्यांक सार्वजनिक गर्नुपर्ने बताए । उनले सुकुम्बासी बस्तीमा डोजर चलाएर टहरा हटाउनु मात्र समस्याको समाधान नभएको भन्दै वास्तविक सुकुम्बासीलाई सम्मानपूर्वक स्थायी आवास र अधिकार उपलब्ध गराउन माग गरे । उनले भने,‘कोही मन्त्रीज्यू खुट्टा भाँच्ने कुरा गर्नुहुन्छ, कोही मन्त्रीज्यू पाता फर्काउने कुरा गर्नुहुन्छ । तर नागरिक अहिले पनि रित्तो ग्यास बोकेर लाएइनमा उभिएका छन् । बाढी प्रभावित जिल्लाहरुको अवस्था अझै दयनीय रहेको छ । सरकारले नागरिकलाई न ग्यास दिन सक्यो न सरकारले बजारको महंगी नै नियन्त्रण गर्नसक्यो । सभामुख महोदय, २०८३ साल बैशाख १३ गते राजधानीका नदि किनारमा बस्दै आएका सुकुम्बासी बस्तीमा डोजर चलाइयो । घर भत्काएपछि कतिपय परिवारलाई होल्डिङ सेन्टरमा राखियो । विस्थापितपछि विभिन्न कारणले मत्यु भएका घटनाहरु सार्वजनिक भए । सुकुम्बासी मोर्चाले विभिन्न कारणले १० जना सुकुम्बासी नागरिकको मृत्यु भएको दाबी गर्यो । तर सरकारले आजसम्म पनि यससम्बन्धी आधिकारिक तथ्यांक दिन सकेको छैन । हामी जान्न चाहान्छौँ, कति परिवारको पहिचान भयो ? कति परिवारलाई स्थायी आवास दिइयो ? र बाँकीलाई कहिले दिइन्छ ? डोजर लगाएर टहरा हटाउनु समाधान होइन, वास्तविक सुकुम्बासीलाई सम्मानपूर्वक स्थायी आवास र अधिकार दिनु समाधान हो । पुराना राजनीतिक दलका कमि कमजोरीमाथि प्रश्न उठाउन पाउनुपर्छ, पाइन्छ । हामी सुन्न तयार छौँ । तर पुराना दललाई गाली गरेर मात्र नयाँ मान्यता स्थापित हुँदैन । गाली मात्रै गरेर यो देश बन्छ भने गर्नुस्, हामी सुन्न तयार छौँ ।’
उनले पुराना राजनीतिक दलहरुलाई गाली गरेर मात्र नयाँ मान्यता स्थापित नहुने पनि बताए ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar