|  

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

२ असोज, काठमाडौं । काभ्रेमा साउन १ देखि असोज १ गतेसम्म ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार बनेपा र पाँचखाल नगरपालिकामा सबैभन्दा बढी १३–१३ जना सङ्क्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुरमा एक–एक जना सङ्क्रमित थपिएका छन्।