०२ असाेज, काठमाडाैं । सरकारले जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरलाई केन्द्रमा राख्दै आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को बैठकले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार चार किल्ला निर्धारण गरी उक्त क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो। यससम्बन्धी सूचना सरकारले राजपत्रमा प्रकाशित गरिसकेको छ। मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका अनुसार संरक्षित क्षेत्रको सीमा पूर्व, पश्चिम, उत्तर र दक्षिणतर्फका निश्चित स्थान तथा सडकलाई आधार मानेर निर्धारण गरिएको छ। पूर्वतर्फ जनकपुरको भानु चोक, कदम चोक, जिल्ला प्रशासन कार्यालय तथा मालपोत कार्यालय हुँदै दक्षिणतर्फ जाने परिक्रमा पथलाई सीमा तोकिएको छ। पश्चिमतर्फ भमरपुरा चोकबाट पश्चिम जाने सडक, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुप र हनुमान मन्दिर हुँदै उत्तरतर्फ जाने परिक्रमा पथ समेटिएको छ।
त्यस्तै, उत्तरतर्फ हनुमान मन्दिर, पिडारी चोकस्थित राजा जनक स्मारक, मधेस प्रदेश भवन र मिल्स एरिया हुँदै भानु चोकसम्मको परिक्रमा पथलाई सीमा कायम गरिएको छ। दक्षिणतर्फ भने जनकपुरधामको मुरली चोकस्थित विद्यापति स्मारकदेखि भमरापुरा चोकसम्म जाने परिक्रमा पथलाई सीमा तोकिएको मन्त्रालयले जनाएको छ। संरक्षित स्मारक क्षेत्र घोषणा भएसँगै उक्त क्षेत्रमा भवन निर्माणलगायतका गतिविधिमा तोकिएका संरक्षणसम्बन्धी मापदण्ड लागू हुनेछन्। जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको लक्ष्य छ। त्यसका लागि आवश्यक संरक्षण प्रक्रिया अघि बढाउने क्रममा सरकारले मन्दिर आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो।
सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय समेटेको छ। नयाँ निर्णयसँगै जानकी मन्दिर तथा यसको आसपासको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणका लागि कानुनी आधार थप बलियो हुने अपेक्षा गरिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar