|  

१३ देशका लागि राजदूत सिफारिस, भारत-चीन-अमेरिकामा नयाँ अनुहार

०२ असाेज, काठमाडौं । सरकारले नेपालका लागि रणनीतिक महत्व राख्ने भारत, चीन र अमेरिकामा नयाँ राजदूत सिफारिस गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याण शर्मा र अमेरिकाका लागि चीरन थापालाई राजदूतका रूपमा सिफारिस गरेको हो। सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको जनाएको छ। विभिन्न क्षेत्रमा विज्ञता, अध्ययन–अनुसन्धान तथा नेतृत्व अनुभव भएका व्यक्तिहरूलाई राजदूतका रूपमा अघि सारिएको सरकारको भनाइ छ।सिफारिस गरिएका राजदूतहरूको अब संसदीय सुनुवाइ हुनेछ। सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो स्वीकृति लिएर उनीहरूको नियुक्ति अघि बढाइनेछ।