|  

आज संविधान दिवस मनाइँदै

३ असोज, काठमाडौं । आज संविधान दिवस मनाइँदैछ ।

२०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहित नेपालको संविधान जारी भएको दिनको स्मरणमा संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ ।

विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत  उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन् ।