|  

माथिल्लो त्रिशूली १ सुरूङमा १३ वटा श#व फेला

३ असोज, काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरूङमा शुक्रबार मात्र १३ वटा शव फेला परेका छन् ।

सेनाका अनुसार सुरूमा अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका थिए।

फेरि खोजीका क्रममा थप ७ वटा शव फेला परेको सेनाले जनाएको हो।शव टनेल बाहिर निकालि सकिएको सेनाले जनाएको छ।