|  

अर्थमन्त्री डा.वाग्ले र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता

३ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा.एस.जयशङ्करबीच भेटवार्ता भएको हो ।

भारत भ्रमणको दोस्रो दिन हिजो अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशङ्करबीच नयाँदिल्लीमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल–भारत सम्बन्ध, लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य थप मजबुत बनाउने विषयमा छलफल भएको थियो ।

मन्त्री वाग्लेले रसुवाको बाढीपछिको उद्धार तथा राहतमा भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।