|  

साझा यातायातको रात्रिकालीन सेवामा आजदेखि २१ ओटा बिजुली बस थपिँदै

३ असोज, काठमाडौं ।  साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार गर्दै शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालन गर्ने भएको छ।

कम्पनीले हाल सञ्चालनमा रहेका दुई रुटमा थप चार रुट विस्तार गर्न लागेको हो। यसअघि नागढुङ्गा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा ७ वटा बसमार्फत रात्रिकालीन सेवा सञ्चालन हुँदै आएको थियो।

नयाँ व्यवस्थाअनुसार गोदावरी–बुढानीलकण्ठमा ६, जगाती–रत्नपार्क–ठमेलमा ६, नागढुङ्गा–एयरपोर्टमा ४, कीर्तिपुर–न्युरोडमा ४ र चक्रपथमा ८ वटा बस सञ्चालन हुनेछन्।

यस्तै लगनखेल–बुढानीलकण्ठ रुटमा ३ वटा बस चल्नेछन्।बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म छुट्नेछन्।