|  

संविधान दिवसको कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री सहभागी

३ असोज, काठमाडौं । राष्ट्रिय दिवसका रूपमा मनाइने संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह सुरु भएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साहसहित सरकारका उच्च पदाधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी छन्।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न सांस्कृतिक झाँकी टोलीले कवाज र सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।