|  

अर्थमन्त्री वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै, नेपालमा लगानी गर्न आह्वान गर्ने

३ असोज, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न तथा विद्यमान लगानी विस्तार गर्न आह्वान गर्ने भएका छन् ।

भारतीय उद्योग परिसङ्घ (सीआईआई)ले शनिबार नयाँ दिल्लीस्थित मुख्यालयमा आयोजना गर्ने ‘राउन्ड टेबल’ छलफललाई अर्थमन्त्री वाग्लेले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सीआईआई अध्यक्ष डा.सुचित्रा के.इलाको अध्यक्षतामा हुने कार्यक्रममा नेपालमा लगानीका अवसरबारे भारतीय उद्योगीहरूसँग छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।