|  

१० वटा महाभारत लडेर आएको हुँ, यत्तिकै ढल्दिनँः ओली

३ असोज, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन् ।

संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफू एमालेभित्र १० वटा महाभारत लडेर यहाँसम्म आइपुगेको भन्दै अहिलेको प्रयासबाट आफू नढल्ने बताएका हुन्

।उनले भने, ‘केपी ओली मैदानमा छ, अमरसिंह थापा मेरै उमेरमा युद्धको मैदानमा थिए, मैले त तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ ।’

महाभारतमा जटिल अवस्थामा भिष्मपितामह ढलेको प्रसङ्ग उल्लेख गर्दै ओलीले आफू त्यसरी ढल्ने अवस्थामा नरहेको बताए ।

उनले आफू छ दशकदेखि एमालेमा रहेको उल्लेख गर्दै पार्टीमाथि सबैतिरबाट हमला भइरहेको र नयाँ पार्टी बन्ने हल्ला फैलाइएको बताए ।