|  

नेपालले भदौमा निर्यात गर्‍यो पाँच अर्बभन्दा बढीको बिजुली

३ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौमा पाँच अर्ब नौ करोड २४ लाख ६१ हजार २८२ रुपैयाँबराबरको विद्युत् निर्यात गरेको छ ।

नेपालले भदौमा कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार एक महिनामा ५६ करोड ५६ लाख युनिटभन्दा बढी विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गरिएको हो।

द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिट र विद्युत् बजारमार्फत १४ करोड ३९ लाख युनिट विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ।