०३ असाेज,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताको संरक्षण गर्ने स्पष्ट संकल्पसहित अघि बढ्ने बताएका छन्।
संविधान दिवसका अवसरमा शनिबार भिडियो सन्देश जारी गर्दै थापाले संविधानका मूल मूल्यलाई कमजोर पार्ने नभई अझ विस्तार गर्ने दिशामा कांग्रेस अघि बढ्ने बताएका हुन्। उनले संविधानका केही प्रावधानमा समयअनुकूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि पार्टीले महाधिवेशनबाट संशोधनको स्पष्ट दृष्टिकोण र साहस लिएर आउने बताए। “संविधानमा कतिपय कुरा बदल्नुपर्नेछ। तर त्यसले संविधानका मूल्य र मान्यतालाई खुम्च्याउने होइन, अझ विस्तार गर्नेछ,” थापाले भने।
उनले पार्टीको महाधिवेशनलाई आन्तरिक विवाद र तिक्तता बढाउने माध्यम नबनाउन पनि आग्रह गरेका छन्। विगतका असमझदारीलाई बिर्सेर पार्टीभित्रको सम्बन्ध सुधार्ने अवसरका रूपमा महाधिवेशनलाई उपयोग गर्नुपर्ने उनको भनाइ छ। “अधिवेशन हाम्रा बीचका नमिलेका मन मिलाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ। थप फाटो बढाउने अवस्था निर्माण गर्नु हुँदैन,” उनले भने। पछिल्ला केही महिनामा पार्टीभित्र भएका विभिन्न घटनाका कारण कतिपय विषयमा मतभिन्नता देखिएको स्वीकार गर्दै थापाले महाधिवेशनमा साझा धारणा बनाएर जाने प्रयास भइरहेको बताए।
उनका अनुसार पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन नेतृत्व तहबाट समेत एउटै मत निर्माण गर्ने सर्वोत्तम प्रयास भइरहेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar