|  

रसुवा बाढीमा सम्पर्कविहीन पत्रकार थामीको अन्त्येष्टि

३ असोज, काठमाडौं । रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

परिवारको सल्लाह र निर्णयअनुसार उनको अन्त्येष्टि गरिएको हो। नयाँ पत्रिकामा कार्यरत थामी चार दिनको बिदा लिएर रसुवा गएका थिए।

बाढी आउनुअघि परिवारसँग अन्तिमपटक सम्पर्कमा आएका उनी त्यसपछि सम्पर्कविहीन भएका थिए।

दोलखा घर भएका थामी नेपाल थामी समाजका पूर्वउपाध्यक्षसमेत हुन्। उनका श्रीमती र एक छोरी छन्।