|  

माथिल्लो त्रिशूली-१ आयोजनास्थलबाट थप ११ शव फेला

०३ असोज, काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेल क्षेत्रबाट शनिबार थप ११ वटा शव फेला परेका छन्।

नेपाली सेनाका अनुसार खोज तथा उद्धारका क्रममा जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा ती शव फेला परेका हुन्। सेनाको टोलीले शवहरू बाहिर निकालेर उद्धार गरेको जनाएको छ। गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि आयोजनास्थलमा कार्यरत तथा अन्य सम्पर्कविहीन व्यक्तिहरूको खोजी जारी छ।

सेनाले टनेलभित्र अझै खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ।