|  

कांग्रेस इतर समूहले दोलखामा तोक्यो महाधिवेशन संयोजक र सहसंयोजक

०३ असाेज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशनको तयारीका लागि दोलखामा जिल्ला संयोजक र सहसंयोजक तोकेको छ।

महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले ताराकुमार खड्कालाई संयोजक र जयराम श्रेष्ठलाई सहसंयोजकको जिम्मेवारी दिएका हुन्। संयोजक खड्का १४औँ महाधिवेशनमा दोलखा कांग्रेस सभापतिका लागि भएको निर्वाचनमा बर्मा लामासँग पराजित भएका थिए। सहसंयोजक श्रेष्ठ दोलखा-२ का पूर्वक्षेत्रीय सभापति तथा नेपाल तरुण दलका पूर्वजिल्ला अध्यक्ष हुन्। कांग्रेसले शनिबार र आइतबार देशभर वडा अधिवेशन गरिरहेको भए पनि संस्थापन इतर समूह त्यसमा सहभागी भएको छैन। इतर समूहले आफ्नै तालिकाअनुसार १५ असोजमा वडा अधिवेशन गर्ने जनाएको छ।