|  

भदौमा ५ अर्ब ९ करोड २४ लाख बढीको विद्युत निर्यात

०३ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत भदौमा पाँच अर्ब ९ करोड २४ लाख बढीको विद्युत निर्यात भएको जनाएको छ ।

प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत निर्यात भएको हो । द्विपक्षीय सम्झौता र विद्युत बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत बिक्री गरिएको हो । द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् तीन अर्ब ६४ करोडभन्दा बढीमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यातबाट  एक अर्ब ४४ करोड ९९ लाख आम्दानी भएको छ ।

भोटेकोशी बाढीबाट चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बङ्गलादेशतर्फको विद्युत् निर्यात रोकिएको प्राधिकरणले जनाएको छ ।