|  

राष्ट्रिय सहमति जुटाएर संविधान संशोधन गर्नु उपयुक्त हुने डा. बाबुराम भट्टराईकाे तर्क

०३ असाेज, काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतान्त्रिक उपलब्धिमा टेकेर राष्ट्रिय सहमति जुटाएर संविधान संशोधन गर्नु उपयुक्त हुने तर्क गरेका छन् ।

आज संविधान दिवसका अवसरमा बोल्दै भट्टराईले संविधान संशोधन गर्दा त्यसको मूल जग कमजोर पार्न नहुने बताएका हुन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र समावेशी लोकतन्त्रजस्ता उपलब्धिलाई जोगाउँदै संविधानमा रहेका अपूर्णता सुधार गर्न बताएका छन् । संविधान संशोधन अग्रगामी प्रकृतिको हुनुपर्ने बताउँदै भट्टराईले रिस र आवेगमा संविधानका सबै कुरा चलाउँदा प्राप्त उपलब्धि गुम्न सक्ने चेतावनी दिएका छन् ।