०३ असाेज, काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहले शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले संविधान जारी भएको दिन हरेक वर्ष आउने तर संविधान पूरा हुने दिन आफैँले ल्याउनुपर्ने बताउनु भयो । उहाँले हरेक इमन्दार निर्णयबाट नै नागरिकको घरदैलोमा पुग्न सकिने उहाँको विश्वास छ । जनताले सुशासन मागेको, विकास मागेको र समृति मागेकाले त्यसतर्फ सरकारको ध्यान रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘संविधान जारी भएको दिन हरेक वर्ष आउँछ, तर संविधान पूरा हुने दिन हामीले आफैं ल्याउनुपर्छ । हरेक इमान्दार निर्णयबाट हरेक पारदर्शी नियुक्तिबाट नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट जनताले सुशासन मागेका छन्, विकास मागेका छन्, समृद्धि र सामाजिक न्याय मागेका छन् । यो सरकारको हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित छ र रहनेछ । यो संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी प्रतिवद्ध छौँ । म यो वाचा आज फेरि दोहो¥याउन चाहन्छु । शहीदहरुको रगतले लेखेको संविधान हामी कामले पूरा गर्नेछौँ ।’
प्रधानमन्त्री साहले संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी प्रतिवद्ध रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar