०३ असाेज, काठमाडाैं । नेपाली टी–२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले एशियन गेम्समा पदक जित्ने लक्ष्य रहेको बताउनुभएको छ ।
शनिवार एशियन गेम्समा सहभागी हुने नेपाली टोलीको बिदाइ कार्यक्रममा उहाँले नेपाली टोली पदक जित्ने लक्ष्यका साथ जापान प्रस्थान गर्न लागेको बताउनुभएको हो । ऐरीले पछिल्ला खेलमा टोलीको प्रदर्शन, टिम बन्डिङ र खेलाडीहरूको अनुभव राम्रो रहेकाले पदकको आशा बढेको बताउनु भयो । मलेसियामा हालै भएको प्रतियोगितामा राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै ऐरीले एसियन गेम्सका लागि टोलीका अधिकांश खेलाडी फर्ममा रहेको बताउनु भयो । कुशल भुर्तेल र आसिफ शेखले पछिल्ला खेलमा राम्रो प्रदर्शन गरेको उहाँको भनाइ छ । क्रिकेटतर्फ नेपालले यसअघि एशियन गेम्समा पदक जित्न नसकेको भएपनि यसपटक इतिहास बनाउन सकिने ऐरीले बताउनु भयो ।
यसैगरी नेपाल प्रिमियर लिग (एनपीएल) मा डेविड वार्नरसहित अन्तर्राष्ट्रिय स्तरका चर्चित खेलाडीको सहभागिताले नेपाली क्रिकेटलाई थप उचाईमा पु¥याउने ऐरीको विश्वास छ । विदेशी लिगमा खेलिसकेका तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित खेलाडी नेपाल आउनुले नेपाली क्रिकेटको स्तर र आकर्षण बढिरहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले टिम पनि राम्रो छ, सबैजना एक्सपिरियन्स छन् र प्राक्टिस पनि राम्रै भइरहेको छ। योपटक मेडल लिएर आउने सोचमा छौँ । हामी गोल्ड मेडलका लागि नै गइरहेका छौँ । नभए पनि मेडल ल्याउने सोच छ ।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक स्टुअर्ट लले एशियन गेम्समा नेपाल केवल सहभागिताका लागि नभई राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिने बताउनु भयो । प्रशिक्षक लले श्रीलंका र भारतजस्ता बलिया टोलीसँग सम्भावित खेल चुनौतीपूर्ण भएपनि टी–२० क्रिकेटमा जुनसुकै दिन राम्रो खेल्ने टोलीले नतिजा आफ्नो पक्षमा पार्न सक्ने बताउनु भयो । एशियन गेम्समा ऐतिहासिक पदक जित्ने सम्भावनाबारे उनले यो लक्ष्य कठिन भए पनि असम्भव नरहेको बताउनु भयो । एशियाका पाँच ठूला क्रिकेट राष्ट्र नेपालभन्दा माथि रहेको उल्लेख गर्दै उहाँले पदकका लागि उत्कृष्ट क्रिकेट खेल्नुका साथै धेरै कुरा आफ्नो पक्षमा हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी त्यहाँ संख्या पूरा गर्न मात्र गएका होइनौँ । राम्रो प्रदर्शन गर्नेछौँ। टी–२० क्रिकेटमा त्यो दिन राम्रो खेल्न सकियो भने जे पनि हुन सक्छ ।’
टोलीको तयारी राम्रो रहेको जानकारी दिँदै लले अधिकांश खेलाडी पछिल्लो समय निरन्तर क्रिकेट खेलिरहेकाले थप तयारीको आवश्यकता धेरै नरहेको बताउनु भयो । टोलीका १८ खेलाडी अस्ट्रेलियाको डार्विनमा टी–२० तथा ५० ओभर क्रिकेट खेलेर फर्किएको र हालै प्रिमियर कपमा समेत सहभागी भएकाले एसियन गेम्सअघि टी–२० ढाँचामा पुनः अभ्यस्त भइरहेको उहाँको भनाइ छ ।
यसैगरी नेपाल प्रिमियर लिग (एनपीएल) मा अस्ट्रेलियाका स्टार खेलाडी डेविड वार्नरको आगमनबारे लले उत्साह व्यक्त गर्नुभयो । उहाँले वार्नर विश्वकै उत्कृष्ट क्रिकेटरमध्ये एक रहेको बताउँदै टोलीसँगको अनुभवले नेपाली क्रिकेटमा उहाँको योगदान महत्वपूर्ण हुने बताउनु भयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar