|  

एनपीएलको खेल तालिका सार्वजनिक

४ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक गरेको छ ।

कात्तिक ९ गते हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् ।

कात्तिक २९ गतेसम्म लिग चरणका खेलहरु हुनेछ । मंसिर एक गते पहिलो क्वालिफायर खेल हुनेछ भने २ गते इलिमिनेटर हुनेछ ।

तालिका अनुसार ३ गते दोस्रो क्वालिफायर र मंसिर ५ गते फाइनल हुनेछ । सबै खेलहरु कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने क्यानले जनाएको छ ।

NPL: Lumbini and Sudurpaschim to Clash in the Opening Match