|  

तोलामा २ हजार १ सयले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

४ असोज, काठमाडौं ।  साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा  २ हजार १ सय रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला  ४ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।