|  

बारामा चक्कु प्रहार गरी ह#त्या आरोपमा युवक पक्राउ

४ असोज, काठमाडौं ।  बारामा चक्कु प्रहार गरी एक व्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिमरा उपमहानगरपालिका–२ निवासी आयुष राई रहेका छन्। प्रहरीले राईलाई सिमरास्थित सम्झना स्टाफ होटलमा ३५ वर्षीय शेरबहादुर खड्काको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार राईले शनिबार साँझ करिब साढे ५ बजे सिमरा उपमहानगरपालिका–२ निवासी खड्काको घाँटीमा चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते खड्कालाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार भएका राईलाई प्रहरीले शनिबार राति नै धानबारीमा लुकेको अवस्थामा पक्राउ गरेको हो।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।