|  

नायिका सुपुष्पा र निर्माता रौनकविक्रमले गरे इन्गेजमेन्ट

१५, बैशाख काठमाडौं । अभिनेत्री सुपुष्पा भट्ट र निर्माता रौनकविक्रम कँडेलसँग इन्गेजमेन्ट गरेका छन् ।  विगत ६ महिनादेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले काठमाडौंमा बुधबार इन्गेजमेन्ट गरेका हुन् ।

शुक्रबार इन्गेजमेन्टको तयारी गरिए पनि बिहीबारबाट उपत्यकामा निषेधाज्ञा लागु गरिएपछि दुई दिन अघि नै टिकाटालोको काम पुरा गरेका पारिवारिक स्रोतले जनाएको छ ।

फिल्म ‘रणवीर’बाट अभिनयमा पाइला चालेकी सुपुष्पमाले फिल्म ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’मा अभिनय गरेकी छन् । फिल्म ‘चपली हाइट ३’ रिलिजको पर्खाइमा छ ।

निर्माता रौनकले ‘कबड्डी’ जस्तो सफल फिल्म निर्माण गरेका छन् । उनी ‘झोले २’का निर्माता पनि हुन् । रौनक नयाँ फिल्म ‘ब्रम्हजंग’ बनाउने तयारीमा छन् ।
निर्माता रौनकको नाम यसअघि अभिनेत्री वेनिशा हमालसँग जोडिएको थियो ।