|  

भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा ढिलाइ नगर्न रास्वपाको आग्रह

०४ असाेज, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावितको खोजी, उद्धार तथा राहत वितरणलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ।

आज वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउँदै पुनःस्थापनाका लागि आवश्यक सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको हो। रास्वपाका प्रवक्ता जगदीश खरेलले उद्धार तथा राहतमा कुनै कमजोरी हुन नदिन सरकारलाई आग्रह गरिएको बताए। उनका अनुसार बेपत्ता व्यक्तिको खोजी र मृतकको डीएनए पहिचान प्रक्रिया पनि छिटो अघि बढाउनुपर्ने बैठकको निष्कर्ष छ। खरेलले पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता रहेको उल्लेख गर्दै मृत्यु पुष्टि भएका व्यक्तिको कानुनी प्रक्रिया अघि बढाउन समेत सरकारले सहजीकरण गर्नुपर्ने बताए।