०४ असाेज, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ, काठमाडौं शाखाले जिल्लाभित्र सञ्चालित औषधि पसललाई कानुनी मापदण्ड पालना गर्न आग्रह गरेको छ।
औषधि व्यवस्था विभागसँगको छलफलपछि संघले दर्ताबिना पसल सञ्चालन नगर्न तथा अनुगमन छल्ने उद्देश्यले निश्चित समय वा सार्वजनिक बिदामा मात्र पसल नखोल्न व्यवसायीलाई सचेत गराएको हो। संघले लाइसेन्स तथा व्यावसायिक प्रमाणपत्र अन्य व्यक्तिलाई भाडामा दिन र आफ्नो नाममा अरूलाई व्यवसाय सञ्चालन गर्न नदिन पनि आग्रह गरेको छ। लागुऔषध, एन्टिबायोटिक्स तथा चिकित्सकको पुर्जा आवश्यक पर्ने औषधि बिनापुर्जा बिक्री नगर्न र थोक व्यवसायीलाई समेत अवैध खुद्रा पसलमा औषधि आपूर्ति नगर्न भनिएको छ। संघका महासचिव शुभमान श्रेष्ठका अनुसार नियम उल्लङ्घन भए नियामक निकायबाट पसल बन्द, सिलबन्दी, औषधि जफत तथा कानुनी कारबाही हुन सक्ने भएकाले व्यवसायीलाई आफ्ना गतिविधि तत्काल पुनरावलोकन गर्न आग्रह गरिएको छ।
यसैबीच, संघले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरणसम्बन्धी प्रस्तावित कानुनी व्यवस्थामा स्तनपान संरक्षणसँगै शिशुको सुरक्षित पोषण अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखेको छ। दूध उपलब्ध हुन नसक्ने अवस्थामा स्वीकृत र गुणस्तरीय वैकल्पिक पोषण सहज रूपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्ने संघको माग छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar