०४ असाेज, काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले सहकारी संस्थाहरू वचत तथा ऋण परिचालनमा मात्रै केन्द्रित भएर अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्न पुगेको बताउनुभएको छ ।
मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा उहाँले अधिकाँंश सहकारीले घरजग्गामा कारोबार गर्ने गरेको बताउनुभएको हो । उहाँले नेपालमा सहकारी क्षेत्र आफ्नो मूल अवधारणा भन्दा बाहिर गएको आरोप लगाउनु भयो । करिव ६५ प्रतिशत सहकारी संस्थाहरुले वचत तथा ऋण कारोबारमा मात्रै केन्द्रित भएको दाबी गर्नुभयो । सहकारी माइक्रोफाइनान्स वा अर्धबैंकिङ मोडलमा केन्द्रित हुँदा उत्पादनमूलक क्षेत्रमा लगानी कमजोर बनेको उहाँको भनाई छ । उहाँले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । हाल सहकारीको लगानी कृषि, घरेलु तथा औद्योगिक उत्पादनमा केन्द्रित हुन नसकेको उहाँको भनाई छ । उहाँले कुल ऋण लगानीको करिव ४० देखि ५० प्रतिशत घरजग्गामा गएको दाबी गर्नुभयो । घरजग्गामा भएको लगानी अनुत्पादक लगानी रहेको उहाँको भनाई छ । कृषि उत्पादनमा मुस्किलले १० देखि १५ प्रतिशत मात्रै लगानी भएको उहाँले बताउनु भयो । करिव ३० देखि ३५ प्रतिशत लगानी सेवामुखी क्षेत्रमा गएको र औद्योगिक क्षेत्रमा सहकारीको लगानी करिब ०.८५ प्रतिशत मात्रै रहेको उहाँको भनाई छ । उहाँले उत्पादनमा आधारित सहकारी विकासका लागि राज्यले सहकारीले उत्पादन गरेका वस्तुको बजार सुनिश्चित गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सहकारीहरु उत्पादनको दिशातर्फ जानुको सट्टामा बैंकिङको प्रिन्सिपलबाट जान थाल्यो । वैचारिक रूपले विचलन त्यहाँबाट शुरु भएको छ । ६० देखि ६५ प्रतिशत खाली वचत र ऋण दिने टाइपको मात्रै अथवा अर्ध बैंकिङ, माइक्रोफाइनान्स टाइपको मोडलबाट गएछ । कृषि लगायतका घरेलु उद्योग लगायतका औद्योगिक क्षेत्रमा केन्द्रित हुनुपर्नेमा कृषि क्षेत्रमा केवल २५ देखि ३० प्रतिशत मात्रै लगानी गर्ने देखिन्छ । बहुउद्देश्यीय टाइपको १० प्रतिशत जति देखिन्छ । सरकारले कानुन बनायो ५० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्नुपर्छ भन्दा त बन्यो तर त्यो क्षेत्रमा लगानी भएको छैन । घरजग्गामा मात्रै ९ खरब चानचुन ऋणमध्येमा ४० देखि ५० प्रतिशत घरजग्गामा मात्रै लगानी भयो । घरजग्गाको लगानी विशुद्ध अनुत्पादक क्षेत्र हो । विशुद्ध अनुत्पादक क्षेत्रमा लगानी गर्ने बित्तिकै त्यो डुब्ने प्रस्ट विषय भयो । सेवामुखी क्षेत्रमा ३० देखि ३५ प्रतिशत लगानी भएको छ, त्यो पनि उत्पादनमुखी क्षेत्र होइन । उत्पादनमुखी क्षेत्रमा हेर्ने हो भने कृषि उत्पादनमा मुस्किलले १० देखि १५ प्रतिशत मात्रै लगानी गरेको देखिन्छ । १५ प्रतिशत लगानी गरेर कसरी सहकारी फस्टाउन सम्भव हुन्छ ? त्यसकारणले गर्दा यसको होल प्याटर्न नै गलत दिशातर्फ गयो, सहकारीको प्याटर्न नै गलत दिशातर्फ भयो । अब घरेलु उद्योगमा, औद्योगिक क्षेत्रमा ०.८५ प्रतिशत मात्रै, १ प्रतिशत पनि रहेनछ । अब त्यति प्रतिशत लगानीको प्रक्रियाबाट गइरहेको छ, अनि कसरी हुन्छ सहकारीको विकास ? सहकारीको प्याटर्न नै बेथिति ढंगले गइरहेको हुनाल सहकारी ठगीका समस्याहरू देखा पर्दै गए । ठुलो परिमाणमा समस्या यथावत् रूपमा छ, कहीँ पनि समस्या सल्भ भएको छैन, अहिलेकै स्थितिबाट समस्या सल्भ हुन कठिन छ । कडा नियमन, कडा कानुनी व्यवस्था, राज्य नै निर्मम ढंगले लाग्नुपर्छ । राज्यले सहकारीको संरक्षणको नीति अपनाएर सहकारीको संरक्षण गर्ने, सहकारीले उत्पादन गर्ने कृषि वस्तुको बजारको संरक्षण गर्ने नीति अपनाउनुपर्छ । सहकारीलाई उत्पादन गर भनेर बाहिरबाट सामान ल्याउन हुँदैन । बाहिरबाट सामान ल्याएपछि सहकारीले उत्पादन गर्ने वस्तुको बजार नै पाउँदैन, अनि बजार नपाउने भएपछि उत्पादनमा किन लगानी गर्ने ? उत्पादनमा लगानी नगर्ने भएपछि डुब्ने कुरा स्वतः भयो । यो एकाधिकार वित्तीय पूँजीको परिणाम हो, न्यु लिबरलिज्मको परिणाम हो, नवउदारवादको परिणाम हो, नवउपनिवेशवादको परिणाम हो । यसको विरुद्धमा व्यापक रूपले जनमत तयार गरेरस्वाधीनताको आन्दोलन सञ्चालन नगर्दासम्म अर्थतन्त्रमा स्वाधीन हुन सक्दैन, अर्थतन्त्रमा स्वाधीन नहुँदासम्म सहकारी फस्टाउन सक्दैन ।’
उहाँले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न कडा नियमन र कानुनी व्यवस्था आवश्यक रहेको बताउनु भयो । उहाँले राज्यले सहकारीसँगै सहकारीबाट उत्पादित कृषि तथा अन्य वस्तुको बजार संरक्षण गर्ने नीति लिन आवश्यक रहेको उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar