०४ असाेज, काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश महाधिवेशन हुन नसक्नुका कारणबारे छानबिन गर्न गठित ‘अडिट समिति’ले प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय चःमतीमा बसेको सचिवालय बैठकमा समिति संयोजक तथा पार्टी सहमहामन्त्री हरि ढकालले प्रारम्भिक प्रतिवेदन बुझाउनुभएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । यसअघि सांसदहरुको दबाब र जातीय समस्याको कारण मधेस प्रदेशमा अधिवेशन हुन सकेको छैन । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सामा मात्र महाधिवेशन सम्पन्न भएको छ । प्रवक्ता खरेलकाअनुसार समितिले प्रारम्भिक प्रतिवेदन बुझाएपनि विस्तृत प्रतिवेदन तयार भइरहेको बताउनु भयो । बैठकले पार्टीका केही विभागमा सदस्य मनोनयन गर्ने निर्णय समेत गरको उहाँको भनाइ छ । बैठकमा पार्टी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो भारतको औपचारिक भ्रमणबारे समेत बैठकलाई जानकारी गराएको उहाँले बताउन भयो । उहाँले भन्नुभयो, ‘अब मधेस प्रदेशको अधिवेशन गर्नुपर्नेछ । मधेश प्रदेशमा हाम्रो पार्टीका केही आन्तरिक समस्या पनि भएको कारण पार्टी सहमहामन्त्री हरी ढकालको संयोजकत्वमा छानविन गर्ने टिम गएको थियो । उहाँहरुले आज प्रारम्भिक प्रतिवेदन बुझाएको छ । विस्तृत प्रतिवेदन तयारी अवस्थामा रहेकोले तयार भइसकेपछि बुझाउँछौँ भन्नुभएको छ । त्यसैगरप् पार्टीका केही विभागहरुमा सदस्य मनोनयन गर्ने काम पनि भएको छ । पार्टी उपसभापति समेत रहनुभएका डा. स्वर्णिम वाग्लेले भर्खरै भारतको औपचारिक भ्रमण पूरा गरेर फर्किनुभएको छ । यस विषयमा उहाँले पार्टी सचिवालय बैठकलाई जानकारी समेत गराउनुभएको छ । आजकै पार्टी सचिवालय बैठकमा रोकिएका सबै कार्यक्रमलाई निरन्ता दिने निर्णय पनि भएको छ । त्यसैगरी बैठकमा पार्टी सभापतिज्यूले पार्टी, संसद र सरकारबीच अन्योन्याश्रित सम्बन्ध भएको कारणले सोहीअनुसार गर्न निर्देशन दिनुभएको छ ।’
बैठकमा पार्टी सभापति रवि लामिछानेले पार्टी, संसद र सरकारबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले सोहीअनुसार काम गर्न सरोकारवालाई निर्देशन दिएको समेत प्रवक्ता खरेलले बताउनु भयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar