|  

अमेरिका–इरान द्वन्द्वमा निकट भविष्यमा ‘ठूला घटना’ हुन सक्ने ट्रम्पको चेतावनी 

५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको द्वन्द्वलाई लिएर निकट भविष्यमा ‘अत्यन्तै ठूला घटनाहरू’हुने बताएका छन् ।

फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘मेरो प्रश्न यो छ कि यदि आवश्यक पर्‍यो भने मैले पूरै देशलाई कहिलेसम्म तहसनहस गरिदिउँ ? उनीहरूले राम्रो व्यवहार गरेकै राम्रो हुन्छ।’

ट्रम्पले यो पनि खुलासा गरेका छन् कि इरानको तर्फबाट युद्ध अन्त्य गर्ने मागहरूको एक सूची पठाइएपछि उनी इरानका राष्ट्रपतिको भेटका लागि तयार छन्।