|  

एन्फाका कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ 

५ असोज, काठमाडौं ।  खेलमा मिलेमतो, अनियमितता र ठगीको आरोपमा सीआईबीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई पक्राउ गरेको छ।

राखेपको पत्र तथा वसन्त रिजालको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताउनुभयो ।